काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरो आएको पुष्टि भएको छ। प्रधानमन्त्री ओली सोमबार साँझदेखि बिरामी हुनुभएको थियो।
ज्वरो आएपछि सोही दिन रगत परीक्षणका लागि पठाइएको थियो।
प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहले भाइरल ज्वरो भएको पुष्टि गर्नुभयो। डा. सिंहले भन्नुभयो, ‘घाँटीमा संक्रमण पनि भएको छ। पछिल्लो समय मौसम परिवर्तन हुँदा भाइरल ज्वरो संक्रमण भएको छ। अहिले उहाँको स्वास्थ्य अवस्था सुधार हुँदैछ। केही दिन आराम गर्न सुझाव दिएका छौं।’
मंगलबार डेंगुको आंशकामा रगत परीक्षण गरिएको थियो। तर, उक्त रिर्पोट नेगेटिभ आएको डा. शाहले बताउनुभयो । तर, अन्य कुनै पनि स्वास्थ्य समस्या नभएको डा. शाहको भनाइ छ।
डा. सिंहले प्रधानन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षण गर्दै आउनु भएको छ। प्रधानमन्त्री ओलीले सोमबारदेखि अत्यावश्यकबाहेक सबै भेटघाटहरू बन्द गरेर बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहनुभएको छ।
प्रतिक्रिया