काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल साउदी अरेबियाको रियादबाट आज फर्कदै हुनुहुन्छ। उहाँ अपह्रान्ह ४:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुनेछ।
सडक सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उहाँ शुक्रबार त्यसतर्फ प्रस्थान गर्नु भएको थियो। रियादमा २ देखि ४ नोभेम्बर सम्म भएको सडक सुरक्षासम्बन्धी सम्मेलनका लागि नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गरि दाहाल त्यस तर्फ जानुभएको थियो ।
मन्त्री दाहालसँगै पत्नी दिलमाया कार्की समेत फर्कदै हुनुहन्छ। सम्मेलनमा मन्त्री दाहालका सल्लाहकार हर्कराज राई र सूचना प्रविधि विज्ञ मनोज दाहाल पनि सहभागी हुनुभएको थियो। राई र दाहाल अर्को उडानबाट फर्कदै हुनुहुन्छ।
इन्टरनेशनल रोड फेडेरेसन, आईआरएफ ग्लोबल र साउदी अरेबियाको यातायात मन्त्रालयले आयोजना गरेको उक्त सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधि एवं विज्ञले सडक सुरक्षासम्बन्धी कार्यपत्र पेश गरी छलफल भएको थियो।
प्रतिक्रिया