बुटवल-सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि पोखराबाट मंगलबार भैरहवा पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दोस्रो दिन आज पनि बयान लिन सुरु गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देहीमा लामिछानेसँग बयान लिन काम भइरहेको हो।
बयान सकिएपछि लामिछानेलाई पुन पोखरा फिर्ता गरिनेछ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा रवि लामिछानेलाई यही कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा पुर्याइएको थियो। त्यही दिनदेखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रविलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगीमा पनि पक्राउ पुर्जी जारी भएपछि त्यता लगिएको हो।
सूर्यदर्शन ठगी प्रकरणमै पक्राउ परेका रविका व्यावसायिक साझेदार छविलाल जोशी बन्जाडेलाई यसअघि नै बुटवल लगेर बयान लिई पुन: पोखरा फर्काइसकिएको छ।
प्रतिक्रिया