अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि र छबिविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

रवि र छबिविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी


काठमाडौं-सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

कात्तिक २ गते आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले रवि लामिछाने र छबिलाल जोशीलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।