अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालद्वारा राजीनामा

पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालद्वारा राजीनामा


काठमाडौं-राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारी तोकिएका डा.वैकुण्ठ अर्यालले पदबाट राजीनामा दिनुभएको छ।

आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर भएका अर्यालले राजीनामा दिनुभएको हो।

अर्यालको सचिवालयले राजीनामा पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइसकेको बताइएको छ। आगामी मन्त्रिपरिषद् बैठकले उहाँको राजीनामाबारे निर्णय गर्नेछ ।

कात्तिक १४ मा भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्याल आइतबार राष्ट्रिय योजना आयोगमा हाजिर भएका थिए।

अर्यालमाथि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

विशेष अदालतले सफाइ दिएपछि अर्यालको निलम्बन फुकुवा भएको थियो ।