काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिजैविक प्रतिरोध (एन्टिबायोटिक) औषधीको असरलाई न्यूनीकरण गर्न (फैलावट रोक्ने) आफ्नो तहबाट सक्दो पहल गर्न सबैसँग आग्रह गर्नुभएको छ।
विश्व प्रतिजैविक सचेतना सप्ताह २०२४ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले प्रतिजैविक प्रतिरोधको बारेमा आफू र आफ्नो परिवार तथा समुदायलाई प्रशिक्षित गराउने प्रतिबद्धता गर्न अनुरोध गर्नुभएको छ ।
सबैको संयुक्त प्रयासले मात्र यसको चुनौतीको सामना गर्न सकिने हुँदा सबै सरोकारवाला निकायलाई सहकार्य गर्न प्रधानमन्त्री ओलीले आव्हान गर्नुभएको हो । ‘प्रतिजैविक प्रतिरोध अर्थात् सङ्क्रमणको उपचारमा प्रयोग हुने औषधीले उपचारको क्रममा आवश्यक परेको अवस्थामा प्रभावहीन हुने अवस्था हो। नेपाल प्रतिजैविक प्रतिरोधको बढ्दो समस्याबाट अछुतो छैन। यो समस्या मानव स्वास्थ्यको मात्र विषय नभई पशु स्वास्थ्य, कृषि, खाद्य तथा वातावरणको लागि पनि चुनौती बनिरहेको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रतिजैविक प्रतिरोध मानव, पशु र कृषिमा एन्टिबायोटिकको अत्यधिक प्रयोग र दुरुपयोगसँग जोडिएको हुँदा यो समस्या न्यूनीकरण तथा रोकथाम गर्न सबै क्षेत्र र निकाय एकजुट हुन अनिवार्य भएको छ।’
प्रतिक्रिया