अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

ऋण तिर्नुपर्दैन भन्ने र पछि लाग्ने दुवैथरि वित्तीय अपराधी हुन्: सूर्य थापा

ऋण तिर्नुपर्दैन भन्ने र पछि लाग्ने दुवैथरि वित्तीय अपराधी हुन्: सूर्य थापा


काठमाडौं-नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य थापाले कुनै वित्तीय संस्थाबाट ऋण लिएछि संसारभर कहीँ कतै ऋण मिनाहा हुँदैन सबैले तिर्नुपर्ने बताउनु भएको छ।

नेता थापाले आज सामाजिक सञ्जाल फेसबुकमा उहाँले कसैले पनि ऋण लिएपछि मिनाहा नपाउने स्पष्ट पार्नुभएको छ।

प्रतिनिधिसभा सदस्य थापाले ऋण लिनेहरू विदेशी दलालको भड्काउनमा उफ्रिन सक्ने भन्दै सचेत गराउनु भएको छ। उहाँ भन्नुहुन्छ, ‘सहकारी, लघुवित्त, फाइनान्स र बैंकबाट ऋण लिनेहरू विदेशी दलालले भड्काएर उफ्रिन सक्छन्, तर संसारभर तिर्नुपर्छ, कहीँ कतै ऋण मिनाहा पाउँदैनन्।’

ऋण लिएपछि तिर्नुपर्दैन भन्ने र पछि लाग्ने दुवैथरि वित्तीय अपराधी भएकाे नेता थापाले बताउनु भएकाे छ। उहाँले ऋण नतिर्ने जो कोहीलाई पनि नियम र कानून अनुसारकाे कारबाही गर्नुपर्ने बताउनु भएको छ। उहाँले भन्नुभएकाे छ, ‘ऋण तिर्नुपर्दैन भन्ने र पछि लाग्ने दुवैथरि वित्तीय अपराधी हुन्, समय क्रममा कारबाही र ऋण असुली हुन्छ नै ।’