चितवन-चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको पक्षमा उत्रिएका रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।
सहारा चितवन सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि सभापति लामिछानेलाई चितवन लगेर बयान गराइरहँदा रास्वपाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्। साे क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।
प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रृग्यास प्रहार गरेको छ।
प्रतिक्रिया