सप्तरी-सप्तरीमा उपनिर्वाचनमा विजयी भएका एक जना वडाध्यक्ष पक्राउ परेका छन्। हत्या आरोप लागेका डाक्नेश्वरी नगरपालिका–१ का नव निर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साहलाई प्रहरीले हिजो आयोजित वडा कार्यालयमा पदभार ग्रहण गर्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
उनीविरुद्ध दुई जनाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दा विचाराधीन छ। साह जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडाध्यक्ष विजयी भएका हुन्। स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरण समेत गरेको आरोपमा उनी बिहीवार पक्राउ परेका हुन्।
डाक्नेश्वरी १ को वडा कार्यालयमा राखिएको पदस्थापना कार्यक्रमको मञ्चबाटै साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको छ। पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ। गत मंसिर १६ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार साह ६५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए ।
प्रतिक्रिया