विराटनगर-नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर गराएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुभएको छ। विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनुभएकको हो।
सभापति देउवाले भन्नुभयो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई बधाई छ। ऋण लिएको छैन भनेपछि बुझ्नुस्, ऋण लिएकै छैन।’
सभापति देउवाले संविधान संशोधनको काम अगाडि बढिरहेको जानकारी दिनुभयो। सहमतिका आधारमा मात्र संविधान संशोधन गरिने उहाँले बताउनुभयो।
कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पनि बीआरआई सम्झौतामा कुनै ऋण नभएको पुष्टि गर्नुभयो। ‘ऋण फाइनान्स भनिएको छ, जसको अर्थ अनुदान हुन सक्छ। सम्झौतामा अनुदानकै लागि विशेष प्रावधान छ, उहाँले भन्नुभयो।
प्रतिक्रिया