अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थतन्त्रमा देखिएकको समस्या समाधानका लागि पहल भइरहेको छ: अर्थमन्त्री पौडेल

अर्थतन्त्रमा देखिएकको समस्या समाधानका लागि पहल भइरहेको छ: अर्थमन्त्री पौडेल


काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्रको समस्या समाधानका लागि पहल भइरहेको बताउनुभएको छ।

आज प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रको समस्या समाधानका लागि क्रमशः पहल भइरहेको बताउनु भयो।

अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘अर्थतन्त्रको समस्या समाधानका लागि क्रमशः पहल भइरहेको रहेको छ। समग्र आर्थिक स्थितिमध्ये केही सूचक राम्रो छ। सेयर बजार लगायतमा गतिशील बनेको छ। राजस्व परिचालनको बारेमा गत वर्षको तुलनामा राम्रो सुधार भएको छ। गत वर्ष ३ प्रतिशत रहेकोमा अहिले १७ प्रतिशत पुगेको छ।’

यसैगरी राजस्व चुहावट रोक्नका लागि सरकारले प्रयास गरिरहेको समेत अर्थमन्त्री पौडेलले बताउनु भयो। उहाँले भन्नुभयो, ‘अहिले राजस्वको लक्ष्य पूरा गर्न ३०-३१ प्रतिशत वृद्धि गर्नुपर्छ। म लक्ष्य पूरा गर्न लागि परिरहेको छु। यो लक्ष्य पूरा गर्दा मात्रै बजेटको सन्तुलन हुनसक्छ।’

राजस्व चुहावटमा अनियमितता लगायतका गतिविधि रोक्न जरुरी रहेकाले सरकारले पहल गरिरहेको मन्त्री पौडेलले बताउनुभयो। वैधानिक च्यानलबाट नआउने गैरकानुनी ढङ्गबाट बढी आयात हुने गरेकाले राजस्व सङ्कलनमा समस्या आएको समेत उहाँको भनाइ थियो ।

अर्थमन्त्री पौडेलले उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी गर्न पहल भइरहेको समेत बताउनुभयो। ‘यसैगरी नियामक निकायको प्रभावकारी नियमन गर्ने पहल भएको छ,’ उहाँले भन्नुभयो– ‘सेयर बजारको प्रश्नमा हाम्रो ध्यान जानुपर्ने विषय लगानीकर्ताको लगानी नडुबोस् भन्ने हो, यसको दिगो व्यवस्थापनमा सरकाले ध्यान दिएको छ।’