काठमाडौँ-आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष रेशम गुरुङले शपथ ग्रहण गर्नुभएको छ।
प्रतिष्ठानका सहअध्यक्ष समेत रहनुभएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आज बिहीबार उहाँलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो।
२०८१ जेठ ११ गते तत्कालीन उपाध्यक्ष गोकुल घर्तीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङलाई उपाध्यक्ष नियुक्त गर्नुभएको थियो। प्रधानमन्त्री ओली प्रतिष्ठानको अध्यक्ष रहनुभएको छ।
सङ्घीय मामिलामन्त्री गुप्ताको संयोजकत्वमा गठित सिफारिस समितिले गुरुङसहित पासाङ शेर्पा र टासी स्याङ्बो गुरुङसेनीको नाम सिफारिस गरेकामा प्रधानमन्त्री ओलीले गुरुङलाई उपाध्यक्ष नियुक्त गर्नुभएको थियो।
तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका पूर्वअध्यक्षसमेत रहनुभएका उपाध्यक्ष गुरुङ आदिवासी जनजाति आन्दोलनका स्पष्ट वक्ता मानिनुहुन्छ।
प्रतिक्रिया