अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ-नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ घटेको छ। 

बिहीबार सुन प्रतितोला रू.एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला रू.एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यसैगरी चाँदी बिहीबार प्रतितोला रू.एक हजार नौ सय २५ मा कारोबार भएकामा आज रू.एक हजार आठ सय ६० मा किनबेच हुने महासङ्घले जनाएको छ ।