अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरको रौतामाई-३ मा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

उदयपुरको रौतामाई-३ मा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश


उदयपुर-पछिल्लो समय उदयपुर जिल्लामा अन्य पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नेको लहर नै चलेको छ। मुलुकको समृद्धि र राष्ट्रियताको जगेर्ना एमालेले मात्रै गर्न सक्ने भएको भन्दै समाजमा स्थापित नेता-कार्यकर्ताहरु धमाधम एमाले प्रवेश गर्न थालेका हुन्।

मंसीर ३० गते २०८१ मा नेकपा एमाले रौतमाई गाउँपालिका वडा–३ को बैठकमा नेपाली कांग्रेस तथा अन्य विभिन्न पार्टी परित्याग गरी स्थानीय चर्चित नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

नेपाली कांग्रेसका बृषहादुर कार्की, चुनुकला राई, कैलाश राई, मोहन बुढाथाेकी, धनबहादुर बुढाथोकी शान्ता राई र चतुरमान बिक एमालेमा प्रवेश गर्नुभएकको हो।

उहाँहरुलाई नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य जीवन कार्की, एमाले उदयपुर जिल्ला कमिटी सदस्य केशव राई, एमाले रौतामाई गाउँपालिका अध्यक्ष ललित मगर लगायतका नेताहरूले अबिर तथा माला लगाएर स्वागत गर्नुभयो।

नेपालमा धेरै पार्टी जन्मिए पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियान अन्य पार्टीबाट हुन नसक्ने भन्दै आफूहरूले नेकपा एमाले रोजेको प्रतिक्रिया दिनुभएको छ।

देशमा लोकतन्त्रको रक्षा गर्न, देशलाई समृद्ध बनाउन सक्ने पार्टी एमाले भएकोले प्रवेश गरेको उहाँहरूले बताउनुभयो। उहाँहरूले एमालेले निष्ठाको राजनीति गरेको भन्दै अब निष्ठाको राजनीति नगर्ने दलको पछि लागे आफ्नू मात्र नभएर सन्ततिकै भविष्य बरबाद हुने भएकोले पनि एमाले पार्टी रोजेको बताउनु भयो।

रौतामाई गाउँपालिमा एमालेप्रति जनताको विश्वास बढ्दै गएको र पार्टी प्रवेशले पार्टीमा थप उत्साह थपिएको एमाले रौतामाई गाउँपालिका अध्यक्ष ललित मगरले बताउनु भयो ।