उदयपुर-नेकपा एमालेका सांसद अम्बरबहादुर रायमाझीले उदयपुरमा हिजोआज नेकपा माओवादी केन्द्र तथा अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको लहर चलेको बताउनुभएको छ।
पुस ४ गते बिहीवार एमाले रौतामाई गाउँपालिका-८ नम्बर वडा कमिटीले पुवारेमा एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थानीय चर्चित नेता तथा कार्यकर्ताहरुलाई प्रवेश गराउनुहुँदै सो कुरा बताउनुभएको हो।
रौतामाई गाउँपालिका वडा-८ मा माओवादी केन्द्रका पुर्णिमाया लायो मगर, कर्णबहादुर मगर र सिङ्हबहादुर मगरसहित अन्य पार्टी परित्याग गरी ठूलो संख्यामा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।
नेता तथा एमाले शुभचिन्तकहरुलाई उदयपुर क्षेत्र-२ प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझी, एमाले कोशी प्रदेश कमिटी सदस्य जीवन कार्की, एमाले उदयपुर जिल्ला कमिटीका सचिवालय सदस्य गजेन्द्र खड्का, एमाले उदयपुर जिल्ला कमिटी सदस्य केशव राई, नेता भरत थापा, एमाले रौतामाई गाउँपालिका अध्यक्ष ललित मगर लगायतका नेताहरूले अबिर तथा माला लगाएर स्वागत गर्नुभयो।
यसअघि मंसीर ३० गते २०८१ मा रौतामाई गाउँपालिका वडा–३ पनि विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए।
एमाले कोशी प्रवेश कमिटीका सचिवालय सदस्य समेत रहनुभएका रायमाझीले पार्टीमा प्रवेश गराउनुहुँदै भन्नुभयो, ‘पछिल्लो समय उदयपुरमा नेकपा एमालेमा प्रवेश गर्नेको लहर चलेको छ। मुलुकको समृद्धि र राष्ट्रियताको जगेर्ना एमालेले मात्रै गर्न सक्ने भएको भन्दै अन्य पार्टीका नेता-कार्यकर्ता साथै एमाले शुभचिन्तकहरु धमाधम एमाले प्रवेश गर्न थालेका हुन्।’

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले समग्र देश विकासकाे काम र जनताका हित हुने काम गरिरहेको प्रतिनिधिसभा सदस्य रायमाझीले बताउनुभयो। एमालेप्रति जनताको विश्वास बढ्दै गएको उहाँले दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘देशको विकास एमालेले मात्र गर्न सक्छ भन्दै अन्य पार्टीका नेताहरु एमालेमा प्रवेश गर्नेको लहर चलेको हो। यो आम जनताको विश्वासले हो।’
सांसद रायमाझी एमाले सधैं मुलुकमा स्थिरता, विकास र समृद्धिको पक्षमा रहेको बताउनुभयो। मुलुकलाई एमालेले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महत्वपूर्ण आकांक्षा पूरा गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेको उहाँले बताउनुभयो।
रौतामाई गाउँपालिमा एमालेप्रति जनताको विश्वास बढ्दै गएको र पार्टी प्रवेशले पार्टीमा थप उत्साह थपिएको एमाले रौतामाई गाउँपालिका अध्यक्ष ललित मगरले बताउनुभयो।
नेपालमा धेरै पार्टी जन्मिए पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियान अन्य पार्टीबाट हुन नसक्ने भन्दै आफूहरूले नेकपा एमाले रोजेको नवप्रवेशीहरुले प्रतिक्रिया दिनुभयो। देशमा लोकतन्त्रको रक्षा गर्न, देशलाई समृद्ध बनाउन सक्ने पार्टी एमाले भएकोले प्रवेश गरेको उहाँहरूले बताउनुभयो। उहाँहरूले एमालेले निष्ठाको राजनीति गरेको भन्दै एमाले पार्टी रोजेको बताउनुभयो।
एमालेका जनप्रतिनिधि र नेताहरुले मात्रै जनअपेक्षित काम गर्ने भएकोले एमालेप्रति विश्वास र भरोसा बढेको नवप्रवेशीहरुले बताउनुभयो। रौतामाई गाउँपालिकाको अध्यक्षमा २०७९ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले जिते पनि यहाँका जनप्रतिनिधिहरुको कार्यशैली ठीक नभएको र विकासप्रतिको कुनै चासाे लगाव नभएको साथै जनताका कामहरु नगरेकाे उहाँहरुले आराेप लगाउनुभयो। चुनाव जितेका माओवादीका जनप्रतिनिधिहरुले जनताका काम गर्ला भनेर विश्वास गरेका थिए तर उहाँहरुले जनताका लागि हितहुने काम कुनैपनि आजको मितिम्म नगरेको उहाँले कडा आलाेचना गर्नुभयो।
२०७९ सालको स्थानीय निर्वाचनमा रौतामाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका विरेन्द्र मगर र उपाध्यक्षमा नेपाली कांग्रेसका भुपेन्द्र थापाले चुनाव जित्नुभएको एमालेका एक नेताले बताउनुभयो। त्यतिबेला नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गरेको उहाँले बताउनुभयो। एमाले नेताले भन्नुभयो, ‘२०७९ सालको स्थानीय निर्वाचनमा रौतामाई गाउँपालिकाको अध्यक्षमा कांग्रेस र माओवादीबीचकाे गठबन्धन बलले विरेन्द्र मगरले चुनाव जित्नुभएको हो। यस अर्थमा २०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेका गजेन्द्र खड्कासँग विरेन्द्र मगरले हार व्यहोरेको थियो।
रौतामाई गाउँपालिकाको ८ वडामध्ये १, २, ३, ५ र ७ मा नेकपा एमालेले २०७९ स्थानीय निर्वाचनमा चुनाव जितेको ती नेताले बताउनु भयो । वडा नम्बर ४ र ८ मा नेपाली कांग्रेस र वडा ६ मा माओवादी केन्द्रले जितेकाे उहाँले बताउनुभयाे।










प्रतिक्रिया