अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

ध्यान मावन जातिको कल्याणका निम्तिः प्रधानमन्त्री ओली

ध्यान मावन जातिको कल्याणका निम्तिः प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मानव जातिको कल्याणका निम्ति भएको बताउनुभएको छ।

विश्व ध्यान दिवसको अवसरमा आज श्रव्य दृश्य माध्यमबाट शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गर्नुभयो।

संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई ध्यान दिवसका रूपमा मान्यता दिएकामा प्रधानमन्त्री ओलीले खुसी व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले शुभकामना सन्देशमा भन्नुभएको छ,  ‘यस अवसरमा म खुसी व्यक्त गर्न चाहन्छु । सबैमा बधाई भन्न चाहन्छु। शुभकामना भन्न चाहन्छु। यस ध्यान दिवसको हामी सबैले सदुपयोग गरौँ । यसबाट लाभ लिऔँ।’

ध्यान मानव जातिको कल्याणका निम्ति भएको बताउँदै हुँदै प्रधानमन्त्री ओलीले बर्सेनी यस दिवसलाई मनाउँदै जान अनुरोधसमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘वर्षमा एक पल्ट २१ डिसेम्बरमा मात्रै होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्गका रूपमा अपनाऔँ।’ 

मानव जाति शारीरिक र मानसिक हिसाबले सधैँ स्वस्थ रहनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले अरूलाई पनि स्वस्थ रहन सहयोग पुर्‍याउनुपर्ने बताउनु भएको छ।