अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता


काठमाडौं-नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गर्नु भएको हो।

आईएमईले प्रति सेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६६७ कित्ता बापतको रु.१२ करोड ५० लाख ६६ हजार सात सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो। सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ।