काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधन निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
भाइरल बाल गायकका रुपमा परिचित सचिन परियारको निधनप्रति प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्नुभएको हो।
प्रधानमन्त्री ओली सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ, ‘बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ। बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली !!’
महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा सचिन परियारको २०८१ पुस १८ गते बिहिबार बिहान १० बजे निधन भएको हो।
गुल्मी घर भएका परियार पछिल्लो समय कम्मरमुनिको भाग नचल्ने समस्याका कारण थलिएका थिए। सचिनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए । हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत चर्चित छन्।
प्रतिक्रिया