काठमाडौं-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको कृत संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण भएको छ।
आज नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायतले पुस्तक लोकार्पण गर्नुभएको हो।
नेता पोखरेलका संस्मरणहरुलाई सांग्रिला प्रकाशनले संग्रहका रुपमा बजारमा ल्याएको हो।
आकाशमा टिमटिमाइरहेका ताराहरु !
आमाको काखबाट झरेर
टुकुटुकु हिँड्न थालेपछि
अनगन्ती ताराहरु गन्न सिकें !!
थाकेको छैन
ताराहरु गन्ने मेरो अभियान
अझै जारी छ आमाको सम्झनामा !!!
पुस्तकमाथि समीक्षा समेत भएको छ। समीक्षा गर्ने क्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पुस्तकमा आमासँगका सस्मरणमात्र नभइ गएको सय वर्षको नेपाली समाजको चित्र जोडिएको बताउनुभयो। उपमहासचिव ज्ञवालीले भन्नुभयो ‘अहिले आमाहरु कसरी एक्लोपनमा बाच्नुपर्ने अवस्था सिर्जना भएको छ र अर्को बन्दै गएको ईश्वर पनि पुस्तकमा छ।’
प्रतिक्रिया