अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काठमाडौँसहित ७ सीडीओ फेरिए, कहाँ को ? (सूचीसहित)

काठमाडौँसहित ७ सीडीओ फेरिए, कहाँ को ? (सूचीसहित)


काठमाडौं-गृह मन्त्रालयले काठमाडौँसहित ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ। सोमबारको निर्णय अनुसार १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरिएको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई गृहमन्त्रालय सरुवा गरिएको छ। गृहमन्त्रालयका प्रवक्ता समेत रहेका ऋषिराम तिवारीलाई काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

यस्तै कैलाली, सुनसरी, मोरङ, झापा, सर्लाही र सल्यानका प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन्। दाङका सहायक प्रमुख जिल्ला अधिकारीलाई सल्यानको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।