अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान बदल्ने होइन, संशोधन गर्ने हो: प्रदीप ज्ञवाली

संविधान बदल्ने होइन, संशोधन गर्ने हो: प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संविधानको भविष्यसँग पुराना पुस्ता भन्दा पनि नयाँ पुस्ताको भविष्य जोडिएको बताउनु भएको छ।

मंगलबार काठमाडौंमा आयोजित संविधान संशोधन माथि बौद्धिक बहस खोजपत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवाली सो कुरा बताउनु भएको हो। उहाँले निश्चित उमेर समूह पार गरेका मानिसहरूलाई भन्दा पनि नयाँ पुस्तालाई संविधानको बढी महत्व हुने बताउनुभयो। संविधानले ठिक ढङ्गले काम गर्दा सबैभन्दा लाभ लिने र संविधानले राम्रोसँग काम नगर्दा लामो प्रभाव पार्ने पनि नयाँ पुस्ता नै भएको उपमहासचिव ज्ञवालीको धारणा छ।

नेपालको संविधान नेपाली जनताको लोकतान्त्रिक आकांक्षा पुरा गर्न बनाइएको उपमहासचिव ज्ञवाली स्पष्ट पार्नुभयो । राजतन्त्रलाई सँगै लैजान सकिन्छ कि भनेर दुई पटक प्रयास गरिएको भए पनि राजतन्त्र र लोकतन्त्र सँगै जान नसक्ने भएकै कारण गणतन्त्रात्मक संविधान बनाइएको उहाँले बताउनु भयो।

उपमहासचिव ज्ञवालीले संविधानलाई समय र आवश्यकता अनुसार परिमार्जन गर्दै लैजानु पर्नेमा जोड दिनुभयो । तथापि सबै कुराको समाधान संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्ने सोचले कहीं पुग्न नसकिने उहाँको धारणा छ। उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘सबै कुराको समाधान संविधानमा खोज्ने, संविधान संशोधनमा खोज्ने र त्यो समाधान भएन भने संविधान नै बदल्नतिर लाग्ने तरिकाले कहीँ पुग्दैनौं।’