अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङको बेलबारीका चार दिनदेखि बेलबारीका ४ जना बालिका बेपत्ता

मोरङको बेलबारीका चार दिनदेखि बेलबारीका ४ जना बालिका बेपत्ता


मोरङ-मोरङको बेलबारी नगरपालिका-२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् ।

उनीहरु साथी भेट्न जाने भन्दै यही जेठ १५ गते  गणतन्त्र दिवसका दिन घरबाट निस्किएका जनाइएको छ ।  इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर  खत्रीले बेपत्ता बालिकाहरूको खोजी जारी रहेको जानकारी दिनुभयो ।