अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

दुम्कीबासमा अविलम्ब यातायात सुचारु गराउन मन्त्री दाहालको निर्देशन

दुम्कीबासमा अविलम्ब यातायात सुचारु गराउन मन्त्री दाहालको निर्देशन


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दुम्कीबासको यातायत तुरुन्तै सुचारु गराउन सड़क विभागलाई निर्देशन दिनुभएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्कीबासको पुल भाचिएका कारण अवरुद्ध हुन पुगेको यातायातलाई डाइभरसन निर्माण ग़री अविलम्ब संचालनमा ल्याउन मन्त्री दाहाले निर्देशन दिनुभएको हो। यस्तै बढ़ी भार भएका सवारी साधनको चेक जाँच कड़ा बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। उक्त स्थानमा अस्थायी व्यवस्था गरेर भए पनि सड़क खुलाउन मन्त्री दहालले निर्देशन दिनुभयो।

मन्त्री दाहालले प्रहरी तथा अन्य निकायहरुसंग समेत समन्वय ग़री सवारी साधन रोकिने अवस्था आउन नदिन विभागलाई निर्देशन दिनु भएको हो।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्कीबासको पुल भाँचिदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार साँझ साढे ५ बजेतिर विनयी खोलामा रहेको पुल भाँचिएको प्रहरीले जनाएको छ।