अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डिशहोमले पोखराको लेक साइड रिट्रिटसँग भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा दिने साझेदारी

डिशहोमले पोखराको लेक साइड रिट्रिटसँग भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा दिने साझेदारी


काठमाडौं-डिशहोमले भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखराको लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटीद्वारा व्यवस्थापित)सँग नयाँ साझेदारी घोषणा गरेको छ।

जसअन्तर्गत डिशहोमका सक्रिय ग्राहकहरूले विशेष छुटको सुविधा पाउने जनाएको छ। सो साझेदारीमार्फत ग्राहकहरूले आवासमा १५ प्रतिशत र फुड एण्ड बेभरेजमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्।

यस साझेदारीमार्फत ग्राहकहरूले पाउने सुविधा:

  • आवासमा १५% छुट
  • फुड एण्ड बेभरेजमा १५% छुट

यो छुट प्राप्त गर्न, ग्राहकहरूले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिट, पोखरामा देखाउनु पर्ने डिशहोमले जनाएको छ।

पोखराको प्रसिद्ध लेकसाइडको मुटुमा अवस्थित लेक साइड रिट्रिटले आधुनिक सुविधा, शान्त वातावरण र IME Hospitality को ख्यातिप्राप्त अतिथिसत्कारको उत्कृष्ट मिश्रण प्रदान गर्दछ।

आरामदायी बिदा वा विशेष खाने अनुभवका लागि, अब डिशहोम ग्राहकहरूले हरेक पटक यहाँ भ्रमण गर्दा थप मूल्य र बचतको आनन्द लिन सक्नेछन्।

भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिका:

  • माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस्।
  • दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लगइन गर्नुहोस्।
  • होम स्क्रिन वा प्रोफाइलमा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गर्नुहोस्।
  • लेक साइड रिट्रिट, पोखरा भ्रमण गरी आफ्नो भर्चुअल प्रिभिलेज कार्ड देखाएर छुट पाउनुहोस्।

यो साझेदारी डिशहोमको केवल इन्टरनेट वा टेलिभिजन सेवामात्र नभई, आफ्ना ग्राहकहरूलाई जीवनशैलीका फाइदा, बचत र विशेष अनुभव प्रदान गर्ने निरन्तर प्रतिबद्धताको एक हिस्सा हो।

डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको थियो। यसले एक्टिभ डिशहोम ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।

“माइ डिशहोम एप” मा उपलब्ध यो भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकहरूले नेपालभरका प्रमुख होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा छुट प्राप्त गर्न सक्ने छन्।

सुरुवाती चरणमा, १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश भएका छन्। जसले ग्राहकहरूलाई उत्कृष्ट अफरहरू उपलब्ध गराउनेछन्। 

सुरुवाती साझेदारहरूमा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन, सिद्धार्थ हस्पिटालिटी ग्रुप (होटल, रिसोर्ट, कटीज, रेस्टुरेन्ट र क्याफे)का महेन्द्रनगर, सुर्खेत, चिसापानी, भैरहवा, सौराहा (चितवन), चुम्लिङटार (चितवन), बौद्ध (काठमाडौं), नेपालगञ्ज, बिर्तामोड, नारायणगढ, बुटवल, टिकापुर (कैलाली), सुन्धारा (काठमाडौं), नुवाकोट, दमौली, टिंकुने, ललितपुर, पुरानो बानेश्वर, धोम्बोजी (नेपालगञ्ज), मनमोहन (काठमाडौं), महाराजगञ्ज रहेका छन्। 

त्यस्तै काठमाडौंको होटल ले हिमालय, पोखराको लेक साइड रिट्रिट, हरकपुर, मौलाकाली, बाग्लुङका इला कम्फर्ट होटल्स एण्ड रिसोर्ट्स, मेलुङ थकालीका सबै आउटलेट, काठमाडौंकै साकी एण्ड फेङ रेस्टुरेन्ट, बुटवलको लुम्बिनी केबलकार, गैडाकोटको मौलाकाली केबलकार र कमलपोखरी, कुपन्डोलका अचार घर साझेदार रहेका छन्। 

डिशहोमले आगामी महिनाहरूमा १०० भन्दा बढी ब्रान्डहरूमा विस्तार गर्ने योजना बनाएको छ, जसअन्तर्गत अझ धेरै अफर र श्रेणीहरू समावेश गरिनेछ।

सक्रिय ग्राहकहरूले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड माइ डिशहोम एप  (प्ले स्टोर वा एप स्टोर बाट डाउनलोड गरी) बाट प्रयोग गरी साझेदार आउटलेटहरूमा देखाएर छुट प्राप्त गर्न सक्नेछन्।