काठमाडौं-बुटवलको सुप्रिम सहकारी ठगीको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भैरहवा पुग्नुभएको छ।
बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन लामिछाने बुद्ध एयरको विमानमार्फत आज भैरहवा पुग्नुभएको हो।
लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट रु.६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुनुभएको थियो। लगत्तै लामिछानेविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर हुनुभएको थियो।
काठमाडौंमा पनि रु.६० लाख रकम धरौटी बुझाएर रिहा हुनुभएको थियो।
लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक मुद्दा दर्ता भएको थियो।
प्रतिक्रिया