काठमाडौँ-नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार भएको बताउनुभएको छ। नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले सो कुरा बताउनु भएको हो।
कांग्रेस र एमालेको ७ बुँदे सहमतिको जगमा सरकार बनेको भन्दै सरकार परिवर्तन हुने कुरा निराधार भएको नेता कोइरालाले बताउनु भयो। उहाँले मुलुकको आर्थिक विकास, राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको प्रस्ट पार्नुभयो।
‘संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर काम गर्नुपर्छ’,नेता कोइरालाले भन्नुभयो ।
नेता कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढल्छ भन्ने कुरा गलत भएको पनि बताउनुभयो। सरकारले जुन गतिमा काम गर्नुपर्ने थियो त्यस अनुसार काम गर्न नसकेको भए पनि सरकार ढल्ने कुराम कुनै सत्यता नरहेको उहाँले स्पष्ट पार्नुभयो।
लोकतान्त्रिक व्यवस्थामा सरकारले देश चलाउनुपर्ने कोइरालाको धारणा छ । कुनै पनि संयन्त्रबाट देश नचल्ने पनि कोइरालाले बताउनुभयो ।
प्रतिक्रिया