अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बामदेव गौतम एमालेमा फर्किनु हुँदै

बामदेव गौतम एमालेमा फर्किनु हुँदै


काठमाडौं-नेकपा एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम अन्ततः नेकपा एमालेमै फर्किंदै हुनुहुन्छ।

यसअघि नेकपा एकीकृत समाजवादीमा समाहित हुने तयारी गरेका नेता गौतमले एकीकृत समाजवादीसँगको एकता प्रक्रियाको च्याप्टर क्लोज भएसँगै अन्ततः एमालेमा फर्कने तयारी जुट्नु भएको हो।

नेता गौतमले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर एमालेमै फर्किने विषयमा छलफल गर्नुभएको छ।

गौतम नेतृत्वको नेकपा एकता अभियानका महासचिव डीबी कार्कीका अनुसार गौतम गौतम एमालेमा फर्किंदै हुनुहुन्छ। उहाँले सिंगो अभियान एमालेमा समाहित हुने पुष्टि गर्नुभयो ।

‘नेकपा एमालेमा फर्कने कुराकानी पहिला पनि भइरहेको थियो। आज नेकपा एमालेका अध्यक्ष केपी ओली र वामदेव गौतम)बीच टेलिफोन सम्पर्कमार्फत कुराकानी गरेर एमालेसँग एकीकरण गर्ने कुराको टुंगो लाग्यो’, कार्कीले भन्नुभयो, ‘अब एक/दुई दिनभित्रै औपचारिक रूपमा एकता हुन्छ। अब हामी नअल्मलिने भयौं, एमालेमै जाने भयौं ।’

पार्टीको यस्तो तयारीसँग असन्तुष्ट चार जनाले पार्टी छाडेको पनि उहाँले बताउनु भयो। उहाँका अनुसार, एकता अभियानमा सरिक भएका महेन्द्र अर्याल, हरि काफ्ले, इन्द्र सुब्बा र डिल्लीराज भट्टले एकीकृत समाजवादीसँग एकता हुनुपर्ने अडान लिएका थिए। एमालेमा जाने भएपछि उहाँहरुले अभियानबाट अलग भएको घोषणा गरेका हुन्।

एकीकृत समाजवादीले एकताका नाममा अल्मल्याएको र शंकाको दृष्टिले हेरेका कारण उक्त पार्टीसँगको सम्पूर्ण सम्बाद समाप्त भएको नेता कार्कीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अब हाम्रो कुरा कोहीसँग हुँदैन, अहिले एमालेसँग एकतामा जान्छौं, त्यसपछि अरु वामपन्थीलाई एमालेको धारमा ल्याउने प्रयासमा लाग्छौं।

नेता गौतम २०७८ सालमा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र एमाले कतै नलागी बस्नुभएको थियो । त्यसपछि गौतमले आफ्नै नेतृत्वमा नेकपा एकता अभियानका नाममा गतिविधि गर्दै आउनु भएको थियो।