काठमाडौँ-उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने दाबी गर्नुभएको छ।
पुस १० गते बिहीबार राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा सम्बाेधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले यो सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताउनु भयो।
अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘अर्थतन्त्रमा देखिएको समस्याहरू समाधान गर्दै जानेछ। सरकार दिन गनेर बस्दैन, काम गरेर देखाउँछ। निराशालाई आशामा बदल्ने छ। देश छोडेर जाने वातावरण हटाउन खोजिरहेका छौँ।’
संकट र चुनौतीहरूलाई पार गर्दै बैंक यहाँसम्म आइपुगेको अर्थमन्त्री पौडेलले बताउनु भयो । आगामी दिनमा सेवाको हिसाबले अरु बैंकहरूलाई उछिन्न समेत अर्थमन्त्री पौडेलले निर्देशन समेत दिनुभयो । बैंकको उन्नति र प्रगतिका लागि साझा उद्देश्य राख्न समेत अर्थमन्त्री पौडेल आग्रह गर्नुभयो।
अर्थमन्त्री पौडेलले बैंकिङ्ग क्षेत्रको तरलता उत्पादनमूलक क्षेत्रमा खर्चिन आवश्यक रहेको बताउनुभयो। उहाँले बैंकिङ्ग क्षेत्रमा थुप्रिएको कर्जालाई उत्पादनमूलक क्षेत्रमा खर्चिनु पर्ने बताउनुभयो।
अर्थमन्त्री पौडेलले अर्थतन्त्रको समस्या समाधान गर्न सफल भएको बताउनु भयो। उहाँले अर्थतन्त्र सुधारका लागि नै अध्यादेश जारी गरिएको पनि स्पष्ट पार्नुभयो। अर्थमन्त्री पौडेलले राष्ट्रिय वाणिज्य बैंक बैंकहरुको अग्रणी बन्नुपर्ने पनि बताउनुभयो।
प्रतिक्रिया