अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वामदेव गौतमको दोहोरो चरित्र छ, हतारिएर एकता गर्दैनौं: राजेन्द्र गौतम

वामदेव गौतमको दोहोरो चरित्र छ, हतारिएर एकता गर्दैनौं: राजेन्द्र गौतम


काठमाडौं-नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेमा आउन हतारिएका नेता वामदेव गौतमको आलोचना गर्नुभएको छ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको धनगढीमा आयोजित सामाजिक सञ्जालको प्रयोग सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गौतमले नेता गौतमको आलोचना गर्नुभएको हो।

नेता गौतमले वामदेव गौतमको दोहोरो चरित्र भूमिकामाथि पनि टिप्पणी गर्नुभयो। तत्कालीन समयमा बामदेव पार्टी विभाजनको एक प्रमुख कारण भएको आरोप पनि लगाउनु भयो।

नेता गौतमले वामदेव गौतमकै कारणले विगतमा एमालेले ठूलो दुख भोग्नुपरेकोले अहिले सहकार्य गर्ने मात्रै निर्णय गरेको उल्लेख गर्दै हतारिएर एकता प्रक्रियामा नजाने प्रष्ट पार्नुभयो।

‘हिजो पार्टी एकीकृत हुँदा वामदेव गौतमको कारणले सबैभन्दा बढी एमालेले दु:ख पाएको थियो। उहाँ ठीक ठाउँमा उभिएको भए पार्टी अदालतबाट भंग हुनुपर्ने परिस्थिति नै आउने थिएन।’, नेता गौतमले भन्नभयो, ‘कहिले कता कहिले कता गर्नुभयो। त्यसपछि एकता अभियान भनेर थाल्नुभयो। अहिले फर्केर पछाडि हेर्दा कोही नहुने अवस्था आएपछि पार्टीमा आउँछु भन्नुभयो।’

गौतमले बामदेव पार्टीमा फर्कने तयारी अन्तिम चरणमा रहेको जानकारी गराउनु भयो । उहाँका अनुसार पार्टी बामदेवको एकता अभियानसँग सहकार्य गर्न तयार छ, तर बामदेवसँग भएका अभियानमा भएका नेता कार्यकर्ताहरूको विवरण पहिले बुझ्न चाहन्छ।

गौतमका अनुसार पार्टीमा बोमदेवबारे छलफल भइरहेको छ। छलफलपछि बामदेव र उहाँका अभियानमा रहेकाहरूलाई एमालेमा समाहित हुन सक्नेछन्।

‘बामदेव गौतमको नेतृत्वमा रहेको एकता अभियानसँग सहकार्य गर्दा उहाँसँग को, कहाँ, कति कार्यकर्ता छन्, उहाँहरुको बारेमा पनि सोच्नुपर्ला नि भनेर पार्टीमा छलफल भइरहेको छ। यो विषयमा टुंगो लगाएपछि उहाँको अभियानमा रहेकाहरु एमालेमा समाहित हुन्छन्’ नेता गौतमले भन्नुभयो।