अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एआई नीति स्वीकृतसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय

एआई नीति स्वीकृतसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय


काठमाडौं-सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे। 

त्यस्तै मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसेपाटी व्यावसायिक प्रशिक्षक केन्द्र, बुटवल र व्यवसायिक प्रशिक्षण केन्द्र, इटहरीको लागि आर्थिक वर्ष ०८२(०८३ मा आवश्यक पर्ने अधिकृतस्तरका ७२५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

यस्तै बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने, सार्वजनिक खरिद ऐन, २०६३ अन्तरगत बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने, राससको महाप्रबन्धकमा सन्दीप राईलाई नियुक्त गर्नेसहितका १८ वटा निर्णय भएका छन् ।