अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पाँच प्रदेशमा हिमपातको सम्भावना,तीन प्रदेशमा हल्का वर्षा

पाँच प्रदेशमा हिमपातको सम्भावना,तीन प्रदेशमा हल्का वर्षा


काठमाडौं- हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

यतिबेला बुधबार बिहान कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ।

देशका बाँकी भूभागमा मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ।

त्यसैगरि कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि संभावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा भनिएको छ। ‘बिहानको समयमा देशका तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सु रकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ बुलेटिनमा भनिएको छ।