अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिजो उच्च ‘रेकर्ड’ बनाएको सुनको भाउ गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

हिजो उच्च ‘रेकर्ड’ बनाएको सुनको भाउ गिरावट, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ-हिजो नेपाली बजारमा हालसम्मकै उच्च मूल्यको ‘रेकर्ड’ बनाएको सुनको भाउ आज मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो। 

आज सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुन प्रतितोला एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि कात्तिक १५ गते एक लाख ७१ हजार रुपैयाँको कारोबारको रेकर्डलाई मंगलबार तोडेको थियो । यसदिन चाँदीको मूल्य ३० रुपैयाँ घटेर एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।