अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोठाटार हत्याका मुख्य अभियुक्तलाई प्रहरीले गोली हानेर लियो नियन्त्रणमा

गोठाटार हत्याका मुख्य अभियुक्तलाई प्रहरीले गोली हानेर लियो नियन्त्रणमा


काठमाडौँ-काठमाडौँमा गोली चलाएर प्रहरीले एक अभियुक्तलाई पक्राउ परेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार गोली चलाएको हो। प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ।

गोठाटार हत्याका अभियुक्त गोली प्रहार गरेर गुड्ड पटेललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिनुभयो। बस्नेतका अनुसार पटेल लाल मोहम्मद हत्या प्रकरणमा संलग्न आरोपी हुन्।

२०७९ मा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भएको थियो । दुईजना सुटरले गोली हानेर भक्तपुरको गोठाटारमा २०७९ असोज ३ मा लाल मोहम्मदको हत्या भएको थियो ।