अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, आईजीपी नियुक्त गर्ने तयारी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, आईजीपी नियुक्त गर्ने तयारी


काठमाडौँ-मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केही समयअघिदेखि बैठक जारी छ।

आजको बैठकले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने तयारी गरेको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आजदेखि अवकास भएसँगै सरकारले नयाँ आईजीपी नियुक्ति गर्न लागेको हो।

उहाँको अवकाशसँगै २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ आईजीपी हुने प्रतिस्पर्धामा छन्। उनीहरूमध्ये एक जनालाई मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गर्नेछ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सीइओ नियुक्तिबारे पनि मन्त्रिपरिषद्ले गर्ने सम्भावना रहेको जनाएको छ।