काठमाडौं-स्ववियु आम विद्यार्थीको साझा संस्था हो। स्ववियुमा आइसकेका सबै सदस्य सबै विद्यार्थीका साझा हुन्। हाम्रो प्रमुख उद्देश्य विद्यार्थीहरूलाई उच्चस्तरीय शिक्षा प्रदानमा सहयोग गर्दै उनीहरूको सर्वांगीण विकासमा टेवा पुर्याउनु हो।विद्यार्थीहरूको लक्ष्य प्राप्तिका लागि उचित परामर्श र सहयोग गर्नु हो, देशकै उत्कृष्ट विशेषज्ञ प्रशिक्षकहरूको मार्गदर्शनमा उन्नत शिक्षा प्रदान गर्ने बाताबरण निर्माणमा सहयोग पुर्याउन हो, अनुशासन र मर्यादालाई प्राथमिकतामा राखेर गुणस्तरीय शिक्षा प्रदान गर्ने बाताबरण निर्माण गर्ने हो तर क्रान्तिकारीका हामिलेनै विश्वास गरेर जिताएका उपाध्यक्ष र सचिव साथिहरु लगायत उनिहरु टिमको को त्यो आकुलव्याकुल पार्ने अवरोध, असहजता, असहयोग, गालिगलौज, धाकधम्की, अभद्र व्यवहारको कारण सत प्रतिशत कार्य गर्न सकिएन र अति राम्रा कामहरु अनेरास्ववियु मार्फत गर्न बाध्य भैयो। यसबाट एउटा निष्कर्षमा हामी पुग्यौँ, बरु एक्लै हिड तर गलत प्रवृत्तिका व्यक्तिहरुलाई साथ दिएर, अराजक, गुण्डागर्दीलाई प्रसय दिएर गठबन्धन नगर, गठबन्धन हुँदा काम गर्न पनि नसकिने र विद्यार्थीसाथीहरू रुष्ट पनि हुने हुँदा, एकल टीमलाई साथ दिन पर्दो रहेछ।
हामी नेपालका विभिन्न सार्वजनिक संस्थानमा विभिन्न पदहरूको प्रतिस्पर्धाका लागि सहयोगी विविध तयारी कक्षाहरू सञ्चालन गर्ने छौं। नेपालका रक्षा सेवामा विभिन्न पदहरूको योग्यता हासिल गर्न सहयोगी विविध तयारी कक्षाहरू सञ्चालन गर्ने छौं। हामी नेपालका स्वास्थ्य क्षेत्रमा विद्यार्थीको करियर निर्माण गर्नका लागि सहयोगी र व्यापक तयारी कक्षाहरू सञ्चालन गर्ने छौं। हामी नेपालमा बैंकिंग परीक्षामा सफल हुनका लागि सहयोगी विविध तयारी कक्षाहरू प्रदान गर्ने छौ । हामी नेपालमा शिक्षक सेवा परीक्षामा सफलता प्राप्तिका लागि तयारी कक्षाहरू सञ्चालन गर्नेछौ। हामी नेपालमा सार्वजनिक सेवा परीक्षामा सफलता प्राप्तिका लागि तयारी कक्षाहरू सञ्चालन गर्ने छौं। अहिले अनेरास्ववियुले शिक्षक सेवा र लोकसेवाको निःशुल्क अनलाइन कक्षाहरु सञ्चालन गरिरहेकोछ अव भौतिक रुपमै व्यवस्थित ढङ्गबाट ति कक्षाहरु सञ्चालन गर्नेछौ।
विद्यार्थी साथीहरु तपाईहरुको सहजताको लागि हरेक शुक्रबार मक टेस्ट (MCQ Test), लाइभ क्वीज कार्यक्रम, हाजिरी जवाफ, स्टाटिक्स (Statistics) का कक्षा, थेसिस लेखनका कक्षा, लोकसेवा लेखन सीपका कक्षा, विभिन्न विषय विशेषज्ञका कक्षा, मेमोरी पावर सेमिनार, सिम्याटका कक्षाहरु लगायत अन्य वृक्षारोपण, वनभोज, तीज कार्यक्रम जस्ता विविध रचनात्मक कार्यक्रम गरेका छौं। अब तत्काल अर्को वर्षको BAT को लागि उत्कृष्ट प्रशिक्षक सुरेन्द्र अर्याल सर, प्रकाश दाहाल सर लगायत सरहरुसँग समन्वय गरि विद्यार्थीको लागि निःशुल्क लोकसेवा आयोग शाखा अधिकृतको कक्षा सुरु गर्छौ । मेमोरी किंङ अर्पण शर्मा सर संग समन्वय गरि मेमोरी पावरका प्याकेज निशुल्क गर्छौ अन्य आवश्यक कार्यक्रम विद्यार्थी साथिहरुसंगै छलफल गरेर विद्यार्थी साथिहरुकै माग बमोजिम पनि गर्छौ। आदारणिय विद्यार्थी साथिहरुलाई जानकारी होला सिम्याट टपरलाई २० प्रतिश छात्रवृत्ति, लाइब्रेरी धरौटी फिर्ता, एमपिए प्रथम सेमेस्टरको Fundamental of public administration को किताब नभेटीने हुँदा साथिहरुका लागि जनप्रशासन अखिल आवाज, public policy को लागी जनप्रशासन अखिल आवाज एमपिए बिपिए का पूराना प्रश्नपत्रको संगालो, सडक निर्माण मन्दिर निर्माण, सूचना बोर्ड, गुनासो पेटिका गेट निर्माण, जेब्राक्रस निर्माण लगायत यावत विद्यार्थी पक्षीय तमाम काम अनेरास्ववियुले गरेको छ, हामिले गरेकाछौं। यो निरन्तरता हामी स्ववियु मार्फत गर्न चाहन्छौं।
विद्यार्थी साथीहरुलाई अनुरोध गर्न चाहान्छु, सार्वजनिक प्रशासन, व्यवस्थापन, विकास र नीतिसम्बन्धी विषयहरूमा अध्ययन, अध्यापन, र अनुसन्धानको कार्य गर्नका साथै शिपमुलक तालिमको व्यवस्था गर्न अनेरास्ववियुलाई नेतृत्वमा एकल बहुमतका साथ लिनुपर्ने देखिन्छ।
आदारणिय विद्यार्थी साथिहरु लोक सेवा आयोग परीक्षामा सफलता हासिल गर्न आत्मविश्वासका साथ तयारी गर्नुहोस्! विशेषज्ञ मार्गदर्शन, सम्पूर्ण स्रोतहरू र प्रभावकारी रणनीतिहरू प्राप्त गर्दै आफ्नो सपना पूरा गर्नुहोस्। आमाबुवाका सपना पुरा गर्नुस, तपाईका सपना पुरा गर्नुस, तपाई एक्लै हुनुहुन्न तपाईको साथमा अनेरास्ववियु छ, हामिछौं, स्ववियु छ, आजै आफ्नो यात्रा सुरु गर्नुहोस्! शुभकामना पनि दिन चाहान्छु। अनेरास्ववियु तपाईको सफलताको सहयात्री बनिरहनेछ। तपाईको मतको कदर गर्दै तपाईहरुलाई महसुस हुने गरि अनेरास्ववियुले जारी गरेको प्रतिवद्धताको अलबा देहाय बमोजिमका काम महसुस हुनेगरि सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गर्दछु।
थप प्रतिवद्धताहरु:
क्याम्पसको वेबसाइटबाट नियमित क्याम्पसका प्रतिवेदन सार्वजनिक गर्ने।
- वार्षिक प्रगति प्रतिवेदन
- चौमासिक प्रगति प्रतिवेदन
- मासिक प्रगति प्रतिवेदन
- लेखापरीक्षण प्रतिवेदन
- सार्वजनिक परीक्षण
- सामाजिक परीक्षण
- अनुगमन प्रतिवेदन
- क्याम्पस कार्य समिती र सञ्चालक समितिका निर्णयहरु लगायत अन्य आम विद्यार्थीसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा भएका सबै निर्णयहरु क्याम्पसको वेबसाइट मार्फत नियमित रुपमा नियमानुसार सार्वजनिक गर्न।
- नागरिक बडापत्र विद्यार्थीहरूले देख्ने ठाउँमा व्यवस्थित गर्ने र वेबसाइटमा पनि राख्न ।
- क्याम्पसका प्रकाशनहरु नियमित रुपमा वेबसाइटमार्फत सार्वजनिक गर्ने।
- आवश्यक निवेदनका ढाँचाहरु क्याम्पसको वेबसाइट मार्फत सार्वजनिक गर्ने।
- अनलाइन माध्यमबाट अध्ययनरत विद्यार्थीहरुको समस्यालाई सम्बोधन गर्न अनलाइन मार्फत रेस्पोन्स गर्न मिल्ने कार्यविधि निर्माण र संयन्त्र निर्माण गर्ने।
- आन्तरिक मुल्यांकन, एसाइन्मेन्ट लाई र नतिजालाई प्रभावकारी बनाउन क्याम्पसको वेबसाइटमा विषयगत प्रोटल तयार पार्ने र सम्बन्धित विद्यार्थीले आफ्नो व्यक्तिगत जानकारी लिन मिल्ने बनाउने ( विद्यार्थीलाई प्राप्त युजर आईडी को प्रयोग गरेर) (लोकसेवाको जस्तै)
- सबै सेमेस्टरको नतिजा मोबाइल एसएमएस बाट र वेबसाइटबाट व्यक्तिगत नतिजा हेर्न मिल्ने बनाउने।
- सबै सेमेस्टरको पुरक परीक्षाको ( Chance exam) को व्यवस्था गर्ने।
- मास्टर्सको थेसिस लेखन नेपाली, अंग्रेजी दुबै भाषामा लेख्न मिल्ने बनाउने र भाषाकै कारण पढाइमा अवरोध हुन नदिन पहल गर्ने, कानूनी प्रबन्ध मिलाउने।
- क्याम्पसमा लिने एमपिए बिपिएको सम्पूर्ण शुल्क शिर्षक हेरी अनावश्यक शिर्षक हटाइ शुल्क घटाउने।
- क्याम्पस र विद्यार्थीलाई आवश्यक विश्वविद्यालयका ऐन, नियम, कार्यविधिलाई क्याम्पसको वेबसाइटमा राख्ने।
- गुनासो पेटिकाको व्यवस्थापन गर्ने, अनलाइन गुनासो पेटिकाको पनि व्यवस्थापन गर्ने ( हेलो जनप्रशासन)क्याम्पसका शिक्षक कर्मचारीहरुको विवरण र सङ्गठनात्मक स्वरुप क्याम्पसको वेबसाइट मार्फत सार्वजनिक गर्ने।
- विद्यार्थी कल्याण प्रमुखको भुमिकालाई प्रभावकारी बनाउने।
- स्ववियु कोष सञ्चालनको लागि छुट्टै वा त्रिविका कानूनहरुमा स्ववियु कोष सञ्चालनको मापदण्ड निर्माण गर्ने र स्ववियु कोष दुरुपयोग रोक्ने।
- विद्यार्थीलाई पार्टाइम जब तथा इन्टर्नसिप व्यवस्थित गर्न सिक्दै कमाउदै कार्यक्रम लागु गर्ने र त्यसको समन्वय तथा सम्बन्ध निर्माणको लागी छुट्टै शाखा निर्माण गर्ने।
- विद्यार्थीले प्राप्त गर्ने सेवाहरु सार्वजनिक गर्ने, आइडी कार्ड व्यवस्थित गर्ने, सभाहल निर्माण, मञ्च निर्माण, पुस्तकालय व्यवस्थापन, पिउने पानी व्यवस्थापन, सौचालय सरसफाइ, बाताबरण सरसफाइ, फोहोर व्यवस्थापन, कक्षा कोठा व्यवस्थापन, प्रोजेक्टरहरु मर्मत सम्भार का लागी क्याम्पसमा छुट्टै शाखाको व्यवस्था गरि कार्य प्रभाबकारी बनाउने।
- एमपिए विपिएको पाठ्यक्रमलाई अझ बढी लोकसेवा सार्वजनिक सेवामुखी तथा व्यवहारिक बनाउन क्याम्पसमा रहेका विषय समितिलाई चलायमान बनाउने।
- नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) संग समन्वय गरि विपिए र एमपिए अध्ययन पश्चात निश्चित समयावधिको आधारभुत प्रशासनिक प्रशिक्षण अनिवार्य र नियमित गर्ने ।
- विद्यार्थीका समस्यालाई तत्काल सम्बोधन गर्न तथा सहजिकरण गर्न क्याम्पसमा सोधपुछ कक्षको व्यवस्था गर्ने।
- कम्प्युटर ल्याब सम्पूर्ण विद्यार्थीको पहुँच योग्य बनाउने।
- क्यान्टिन सरसफाइ, खानेकुरा गुणस्तरीय र स्वस्थ बनाउने।
- छात्रवृत्ति नियमित र समयमै वितरण गर्ने गरि व्यवस्थित बनाउने, र संविधान प्रदत्त प्राप्त अधिकार स्वतः प्राप्तीको लागी बाताबरण निर्माण गर्ने ।
- नेतृत्व विकासको तालिम र Advance career counselling सञ्चालन गर्ने।
- लेखाबाट विद्यार्थीलाई दिने विल शिर्षक अनुसार रकम उल्लेख गरेको हुने र कम्प्युटराइज गर्ने ।
- प्रभावकारी इलाईब्रेरीका साथै पुस्तकालय बाट लिएका पुस्तक लिएको र फिर्ता गर्ने समयको रिमेन्डर मेल विद्यार्थीलाई पठाउने व्यवस्था गर्ने ।
- डिजिटल जनप्रशासन बनाउन हरेक कक्षामा स्मार्ट बोर्डको व्यवस्था गर्ने, इन्टरनेटको गुणस्तर वृद्धि गर्ने, यसको व्यवस्थापनको लागी छुट्टै आइटी शाखाको व्यवस्थापन गर्न पहल गर्ने ।
- अनेरास्ववियुले विगतमा गरेका सम्पूर्ण रचनात्मक कार्यहरुको निरन्तरता दिने।
अन्तमा स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थी हक अधिकारको संरक्षण र सम्वर्द्धन गर्ने निकाय हो। क्याम्पसका शैक्षिक तथा संस्थागत सुधारका लागि सधैँ क्रियाशील रहने हुनाले यसलाई विद्यार्थीहरूको आधिकारिक संस्थाका रूपमा बुझिन्छ। विद्यार्थीका आफ्ना समस्या आफैँले समाधान गर्न स्ववियुको परिकल्पना गरिएको थियो। स्ववियु राजनीतिकभन्दा पनि विद्यार्थीको हक अधिकारका लागि निर्माण गरिएको साझा संस्थाका भएकाले विश्वविद्यालय तथा क्याम्पसहरुमा स्ववियुलाई राजनीतिक क्रान्तिको अब्बल संस्थाका रूपमा पनि लिइन्थ्यो । जस्तै जनप्रशासन क्याम्पसमा स्ववियु उपाध्यक्ष जो अहिले स्ववियु अध्यक्षका आकाङ्क्षी पनि छन, स्ववियु सचिव उनिहरु लगायत क्रान्तिकारीका साथिहरु जहिले झगडा, विवाद, दादागिरी, धाकधम्की, कुटपिट, तोडफोड गर्ने जसले गर्दा पनि आम विद्यार्थीहरुले राजनीति घृणित कार्य भन्न बाध्य बन्छन, हो यसरी विद्यार्थी नेतृत्वले समयको गतिशीलतालाई बुझ्न नसकी पुरानै प्रवृत्तिबाट अघि बढ्न खोज्दा स्ववियुको महत्त्व र आवश्यकता नै धराशायी हुन पुगेको छ । यसमा हामी सुधार ल्याउँछौ, कानुनी राज्य स्थापित गर्छौ । स्ववियुलाई समग्र विद्यार्थी राजनीतिलाई धमिलिन दिँदैनौँ।
अग्र बहादुर शाही
स्ववियु सभापति/अध्यक्ष
जनप्रशासन क्याम्पस
प्रतिक्रिया