अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रेस चौतारीले समाजवादीबाट फर्किएकालाई महाधिवेशन आयोजक बनायो, बागी बिद्रोहीको कारवाही फुकुवा (सूचीसहित)

प्रेस चौतारीले समाजवादीबाट फर्किएकालाई महाधिवेशन आयोजक बनायो, बागी बिद्रोहीको कारवाही फुकुवा (सूचीसहित)


काठमाडौं-प्रेस चौतारी नेपालले समाजवादी प्रेस संगठनबाट फर्किएका नेताहरुलाई १० औं महाधिवेशन आयोजक कमिटीको विभिन्न हैसियतको जिम्मेवारी दिएको छ।

पत्रकार महासंघको निर्वाचनमा संगठनको हित प्रतिकूल कार्य गरेका ६ जनाको कारवाही पनि फुकुवा गरेको छ।
चौतारीले महासंघको निर्वाचनका विषयलाई लिएर कारवाही गरेका उक्त संगठनका नेताहरु रुद्र सुवेदी, मनुका कुँवर, दिनेश थापा, केशव पराजुली, नारायण खडका र कुष्माखर ढकालको कारवाही फिर्ता लिएको हो।

महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्ति अनुसार विगतमा प्रेस चौतारी नेपालका विभिन्न जिम्मेवारीमा रहेर केही समय समाजवादी प्रेस संगठन नाममा क्रियाशिल पत्रकार प्रेस चौतारी नेपालमा फर्किएपछि उनीहरुलाई पदाधिकारी सरह र आयोजक कमिटी सदस्य सरह रहने गरी समेटिएको हो।

समाजवादी प्रेस संगठनलाई नै प्रेस चौतारी नेपालमा समाहित गरेर अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, संस्थापक सदस्यसहित अधिकांश पत्रकार दुई महिनायता चौतारीमा सक्रिय छन्। विज्ञप्तिमा भनिएको छ, ‘उक्त संगठनमा बाँकी साथीहरुलाई आफ्नो मुलघरमा फर्किन र सम्मानजनक भूमिकामा रहेर काम गर्न आह्वान यसअघि नै गरिसकिएको छ। फर्किनुभएका अधिकांश साथीहरु विभिन्न जिल्ला र प्रदेशबाट केन्द्रीय प्रतिनिधिमा चयन भइसक्नुभएको छ। बाँकी रहेका साथीहरुलाई सम्मानका साथ आयोजक कमिटी सदस्यका रुपमा महाधिवेशनमा सहभागी गराउने निर्णय भएको छ।’


आयोजक समितिमा थप गरिएका नामावली

पदाधिकारी सरह (नेता) को हैसियतमा

१. विश्वमणि सुवेदी, काठमाडौं (सुनसरी)
२. शीतल साह, धनुषा
३. नरेन्द्रकुमार साउद, काठमाडौं (अछाम)
४. अर्जुन श्रेष्ठ, रुपन्देही
५. रामकुमार रिजाल एलन, मकवानपुर
६. सविन शर्मा, ललितपुर
७. नेपोलियन चेपाङ, चितवन (काठमाडौं)
८. कृपादेवी भण्डारी, कास्की
९. हरिप्रसाद जोशी, कैलाली
१०. दीपककुमार बुढा क्षेत्री, सुर्खेत
११. माधवप्रसाद पौडेल, ललितपुर

आयोजक कमिटी सदस्य
१२. शम्भुजित दाहाल, झापा
१३. शशि कोइराला, सुनसरी
१४. रोशनी कठेत, सुनसरी
१५. प्रेमचन्द्र झा, रौतहट
१६. प्रवीण साह, धनुषा
१७. रमेश सुवेदी, बारा
१८. आशिष गुरागाई, काठमाडौं
१९. हरिप्रसाद गजुरेल, रसुवा
२०. बुद्धकुमार श्रेष्ठ, काभ्रे
२१. बेद भट्ट, बारा
२२. शिवलाल सुवेदी, गुल्मी
२३. ललित बुढा, सुर्खेत
२४. तृप्ती शाही, सुर्खेत
२५. विनोद लम्साल, सुर्खेत
२६. प्रधुम्नकुमार उपाध्याय, सल्यान
२७. नरेन्द्र विष्ट, बैतडी
२८. फणीन्द्रप्रसाद नेपाल, रातोपाटी
२९.शेरबहादुर थापा, दैलेख