अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कोशी प्रदेश सभाको अधिवेशन आज राति १२ बजे अन्त्य गर्ने

कोशी प्रदेश सभाको अधिवेशन आज राति १२ बजे अन्त्य गर्ने


विराटनगर-कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले कोशी प्रदेश सभाको चालु छैठौँ अधिवेशन आज राति १२ बजेबाट अन्त गर्ने निर्णय गरेको छ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले बैठक अन्त्य गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। उहाँका अनुसार बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय गरेको छ। त्यस्तै समस्याग्रस्त सहकारी संस्था वा सङ्घ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको छ। यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड२८ लाख ६० हजार रकम बाँडफाड गर्न स्वीकृत प्रदान प्रदान गरिएको छ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको लागि अनुमानित सीमा १ अरब ५० करोड तथा राजस्व बाँडफाडको अनुमान सीमा १ अरब १० करोड स्वीकृत गर्ने समेत निर्णय गरेको छ।

आजको बैठकले उच्च तथा जिल्ला अदालत सुदृढीकरण का लागि १ करोड ५० लाख बाँडफाड गर्न स्वीकृत प्रदान गरेको समेत जानकारी मन्त्री भण्डारीले जानकारी दिनुभयो। राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको संगठन संरचना तथा दरबन्दी तेरिज २०८१ पनि बैठकले स्वीकृत गरेको छ।