अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कालीगण्डकी नदीको गड्गडीमा पुल निर्माणका लागि दवाब दिन स्थानीय पुगे सडक विभाग

कालीगण्डकी नदीको गड्गडीमा पुल निर्माणका लागि दवाब दिन स्थानीय पुगे सडक विभाग


कावासोती-नवलपुरको कोखेटार र तनहुँको मधुवन जोड्ने पक्की पुल निर्माणमा ढिलाई भएपछि स्थानीयहरु सडक विभाग पुगेका छन्।

नवलपुरको बुलिङटार गाउँपालिका वडा नं. ४ कोखेटार र तनहुँको रिसिङ गाउँपालिका वडा नं. ४ मधुवन जोड्ने पक्की पुल निर्माणका लागि नौ वर्ष लाग्दा पनि काम सम्पन्न नभएपछि स्थानीयहरु सडक विभाग पुगेका हुन् ।

पटक पटक निर्माण कम्पनी र कार्यालयलाई अनुरोध गर्दा कामले गति लिन नसकेपछि विभागलाई गुर्हान परेको नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य एवम् युवा नेता विद्रोही गिरीले बताउनुभयो। पुल सेक्टर कार्यालय पोखराका कार्यालय प्रमुख ज्ञानेन्द्र कनौली, बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी सहितको टोलीले सडक विभागका महानिर्देशक रामहरि पोखरेलाई भेटेर थपिएको म्याद भित्रै पुलको निर्माण कार्य सम्पन्न गर्न आग्रह गरिएको टोलीका युवा नेता गिरीले जानकारी दिनुभयो ।

२०७३ असार २९ गते पुल सेक्टर कार्यालय पोखरा संग सम्झौता भई लुम्बिनी बिल्डर्स-नागर्जुन–स्वच्छद जेवीले काम थालेका थिए। २०७७ वैशाख २८ गते काम सक्नुपर्ने सम्झौता रहेको थियो। समयमा काम नसकेपछि थपिएको म्याद समेत २०८२ चैत्र ७ गते सकिदैछ । ५० प्रतिशत भौतिक र झण्डै हाराहारीमा बित्तिय प्रगति भएपनि काम हुन नसक्दा कार्यालय प्रमुख सहितको टोलीले महानिर्देशक पोखरेललाई भेटे गरेको हो ।

निर्माणमा देखिएको समस्या हल गरेर तोकिएकै समयमा काम सम्पन्न गराउने गरी बिभागले निर्माण कम्पनीलाई निर्देशन दिने उहाँले टोलीलाई आश्वासन दिनुभयो । हरेक हिउँदमा दुइ चार जना मजदुर केही समय राख्ने र बर्षा लाग्यो भन्दै काम नगर्दा पुलको निर्माण हुन नसकेको हो । कुनै पनि बहानामा अब निर्माण रोकिन्न महानिर्देश पोखरेल भन्नुभयो– ‘निर्माण रोकिने समस्या हुदैन काम हुन्छ ढुक्क हुनुहोस् हाम्रो निगरानी हुन्छ।’


२२० मिटर लामो पुलको ६ वटा पिल्लर बनाउन पर्नेमा पाँच वटा बनिसकेको र एउटा बनाउन बाँकी छ त्यसको पनि जमिन मुनीको भागको काम सकिएकाले निर्माण पक्षले ध्यान दिदा काम सहज हुने पुल सेक्टर कार्यालय पोखराका प्रमुख ज्ञानेन्द्र कनौलीले जानकारी दिनुभयो । काम अनुसारको भुक्तानीको कुनै समस्या छैन तर बहाना बनाएर निर्माण रोक्न भएन उहाँले भन्नुभयो।

सदरमुकाम कावासोतीबाट तनहुँको भिमाद हुदै पोखरा पुग्ने यात्रुका लागि यो पुल निर्माण हुँदा यात्रामा १५ किलोमिटरबाटो छोटो हुन्छ। नवलपुरलाई प्रदेश राजधानी पोखरालाई जोड्न पनि यो पुल निर्माण महत्वपूर्ण रहेको छ। बुलिङटार भित्र थालनी भएका योजनाहरु सम्पन्न गर्न पहिलो प्राथमिकताका साथ लागिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीले बताउनुभयो।