अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रिटर्नी फेडेरेसन नेपालको अध्यक्षमा विनोद भट्टराई

रिटर्नी फेडेरेसन नेपालको अध्यक्षमा विनोद भट्टराई


काठमाडौं-नेकपा (एमाले)को भ्रातृ संगठन रिटर्नी फेडेरेसन नेपालको अध्यक्षमा विनोद भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको छ।

शुक्रबार काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले भट्टराई नेतृत्वको कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।

कमिटीको उपाध्यक्षद्वयमा जितेन्द्र बानियाँ, अर्चना बस्नेत रोकाहा, महासचिवमा खेमबहादुर कार्की र उपमहासचिवमा नवराज श्रेष्ठ निर्वाचित हुँदा सचिवहरुमा ज्ञानेश्वर घिमिरे, हेम राई, ज्ञानु खवास, सीता बस्याल निर्वाचित हुनुभएको छ।

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको महाधिवेशनमा पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।