अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सडकको स्तर अनुसार रुट अनुमित: भौतिकमन्त्री दाहाल

सडकको स्तर अनुसार रुट अनुमित: भौतिकमन्त्री दाहाल


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायातको पहुँच र प्रभाव नागरिकको जीवनमा झल्कनु पर्ने बताउनु भएको छ।

यातायात मिडीया नेटवर्कले बुधबार काठमाडौमा आयोजना गरेको ‘सरकारको यातायात नीति: अवसर र चुनौती’ विषयक अन्तरक्रियालाई संवोधनका क्रममा उहाँले सो बताउनु भएको हो। मन्त्री दाहालले ग्रामिण क्षेत्रका बासिन्दाको समेत जीवनशैली र आर्थिक स्तर सुधारमा सहयोग पुग्ने गरि यातायातको पहुँच विस्तार गरिनु पर्ने पनि बताउनुभयो।

त्यस क्रममा उहाँले यातायात पूर्वाधार, सवारी सधान र यातायात सेवाको मापदण्डमा समय सापेक्ष सुधार तथा नयाँ मापदण्ड निर्धारण गरि कार्यान्वयन गरिने समेत बताउनुभयो। व्यवस्थित सेवा प्रवाहका लागि रुट व्यवस्थापनलाई समेत वैज्ञानिक बनाउनु पर्नेमा जोड दिँदै उहाँले सडकको स्तर अनुसार रुट अनुमति दिईनु पर्ने बताउनुभयो। यातायात व्यवस्थापन, सञ्चालन र नियमतलाई प्रवभाकारी बनाउन नविनतम प्रविधिमैत्री तथा वैज्ञानिक पद्धती अवलम्बन हुने गर आवश्यकता अनुसार कानूनी तथा संस्थागत पुर्नसंरचना गरिने उहाँको भनाई छ । सहरी विकास योजना र भुउपयोगसँग सामञ्जस्य कायम राख्दै वृहत परिवहन सहितको एकिकृत सार्वजनिक सहरी यातायात प्रणालीको विकास गरिने उहाँको भनाई छ।

आयोजना छनौटका प्रकृयागत विधि तथा चरण पश्चात कार्यान्वयन योग्य आयोजनाको सुची सहितको आयोजना वैक तयार गरि प्राथमिकताका आधारमा क्रमश कार्यान्वयनमा लगिने मन्त्री दाहालले बताउनुभयो । सडक वोर्ड नेपालको सहयोगमा आयोजित कार्यक्रममा यातायात सम्वद्ध विभिन्न क्षेत्रका प्रतिनिधी, विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो।