अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओली, सभापति देउवा र अध्यक्ष प्रचण्ड एउटै कार्यक्रममा (तस्बीरहरू)

प्रधानमन्त्री ओली, सभापति देउवा र अध्यक्ष प्रचण्ड एउटै कार्यक्रममा (तस्बीरहरू)


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभासभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार एउटै कार्यक्रममा सहभागी हुनुभएको छ।

‘नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार’ सम्बन्धी राष्ट्रिय सम्मेलनको प्रधानमन्त्री ओली, सभापति तथा पूर्व प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले उद्घाटन संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशबाट कुलमान घिसिङलाई हटाएको विषयमा सत्ता पक्ष र विपक्षबीच तिक्तता बढिरहेका बेला उहाँहरू एउटै कार्यक्रममा सहभागी हुनुभएको छ।

कार्यक्रममा प्रधानमन्त्री ओली, सभापति देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ।

काठमाडौंको एभरेष्ट होटलमा बानेश्वरमा अहिले सम्मेलन चलिरहेका छ।