अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधान सम्पादक बस्नेतलाई यो वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ दिने रिपोर्टर्स क्लबको निर्णय

प्रधान सम्पादक बस्नेतलाई यो वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ दिने रिपोर्टर्स क्लबको निर्णय


काठमाडौं-रिपोर्टर्स क्लब नेपालले यो वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ जनता टाइम्स डटकमका अध्यक्ष तथा प्रधान सम्पादक गणेशबहादुर बस्नेतलाई दिने निर्णय गरेको छ।

रिपोर्टर्स क्लबका संस्थापक सभापति ऋषि धमलाको सभापतित्वमा पुरस्कार छनौट समितिको आज (बिहीबार) बसेको बैठकले सो निर्णय गरेको हो।

क्लब नेपालले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार क्लबको २०८१ चैत १७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने २७औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो पुरस्कार प्रदान गर्नुहुने जनाएको छ।

पुरस्कारको राशी नगद रु. एक लाख रुपैयाँ रहेको छ। बस्नेत विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ। पत्रकारितामा आफ्नो क्षमता र कुशलता प्रदर्शन गर्दै आएका बस्नेतले व्यवसायिक पत्रकारिताको संस्थागत विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।

प्रेस चौतारीको एक दशक लामो नेतृत्व गरिसकेका बस्नेतले २०५० सालबाट छलफल साप्ताहिकमार्फत पत्रकारिताको सुरूवात गरेका हुन्। पत्रकार बस्नेतले एक दर्जनभन्दा बढी साप्ताहिक पत्रिकामा कार्यकारी सम्पादकको भूमिका निर्वाह गरिसक्नुभएको छ।

पत्रकार बस्नेतले स्पेस टाइम्स दैनिकको समाचार सम्पादक, राजधानी दैनिकको कार्यकारी सम्पादक, सौर्य दैनिकको सम्पादक र च्यानल नेपाल टीभीको समाचार प्रमुखको रूपमा समेत काम गरिसक्नुभएको छ। पत्रकार बस्नेतले चीन, अमेरिका, भारत, जापान, दक्षिण कोरिया, जर्मन, फ्रान्स, डेनमार्क, बेल्जियम, नर्वे, फिनल्याण्ड, मलेसिया, हङकङलगायत दुई दर्जनभन्दा बढी देशको भ्रमण गरेका छन्।