अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राजावादी प्रदर्शनकारीले जलाए प्रहरीको गाडी

राजावादी प्रदर्शनकारीले जलाए प्रहरीको गाडी


काठमाडौँ-काठमाडौँको कोटेश्वरमा नेपाल प्रहरीको गाडीमाथि आगजानी भएको छ।

तीनकुनेमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीको भीडले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको गाडी आगजानी गरेको हो।  

यसअघि राजावादी प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमा व्यापारिक भवनहरू तोडफोड थिए । उनीहरूले व्यापारिक भवनको सीसाको झ्याल ढुंगामुढा गरेर तोडफोड गरेका छन् भने घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो समेत लगाएका थिए ।

त्यतिमात्र कहाँ हाेर उनीहरुले तीनकुनेको घरमा लगाएको निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए। त्यसपछि प्रहरीले पनि अश्रुग्याँस प्रहार गरेको थियो। पछि हवाई फायर गरेको हो।