अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनकुटामा गाउँपालिका अध्यक्ष राईसहित एमाले प्रवेशमा प्रवेश

धनकुटामा गाउँपालिका अध्यक्ष राईसहित एमाले प्रवेशमा प्रवेश


धनकुटा-धनकुटामा विभिन्न पार्टी परित्याग गरी नेता-कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन्।

धनकुटा एमाले सहिदभूमि गाउँपालिका-५ वडा कमिटीको दोस्रो अधिवेशनको अवसर पारेर जसपा सहिदभुमी गाउँपालिका अध्यक्ष रामबहादुर गाैरा राई, नेकपा एस ५ न.वडा कमिटी सचिव मेखबहादुर राई लगायतले  एमाले प्रवेश गरेका हुन् ।   

एमालेको निति, विचार र सिद्धान्तलाई मन पराएर एमाले प्रवेश गरेको नवप्रवेशीहरुले बताउनु भयो। उहाँहरुलाई कार्यक्रमको प्रमुख अतिथि एमाले केन्द्रिय सदस्य साथै धनकुटा निर्वाचन क्षेत्र “ख” इन्चार्ज सकुन्तला बस्नेतले पार्टीमा स्वागत गर्नुभयो।

शनिबार भएको अधिवेशनले बालचन्द्र राईकाे अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ। कमिटी उपाध्यक्षमा मधुसूदन राई, सचिवमा भुइँदल राई, उप-सचिवमा रत्न राई, चित्रकला राई चयन हुनुभएको छ।