अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड

राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड


काठमाडौं-राजावादी प्रदर्शनकारी नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन्। तीनकुनेमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीको एक समूहले आलोकनगरस्थिति नेकपा एसको कार्यालय पुगेर ढुंगामुढा गर्दै तोडफोड गरेका हुन् ।

नीहरूले पार्टी कार्यालय अगाडि आगजनी पनि गरेका छन्। प्रदर्शनकारीले यतिबेला नेकपा एकीकृत समाजवादीको कार्यालयमा ढुंगा हानिरहेका छन्। 

त्यसअघि कोटेश्वरमा नेपाल प्रहरीको गाडीमा पनि आगजानी गरेको थियो। तीनकुनेमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीको भीडले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका थिए।