अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

तिनकुने प्रदर्शन

राजावादीको हिंसात्मक प्रदर्शनमा परी ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय

राजावादीको हिंसात्मक प्रदर्शनमा परी ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय


काठमाडौं-सरकारले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई रु.१०/१० लाख दिने निर्णय गरेको छ।

राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख रुपैयाँ दिने गृह मन्त्रालयले निर्णय गरेको हो।

दुबै जनाका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको छ। सो रकम निकासाका लागि मन्त्रालयले अर्थलाई सिफारिस गरिसकेको छ। 

उक्त हिंसात्मक प्रदर्शनका क्रममा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकको आगलागीमा परेर निधन भएको थियो।

उनीहरु दुवैको पोस्टमार्टम भइसकेको छ। पोस्टमार्टम रिपोर्ट अनुसार रजकको शरिरमा कुनै गोली नभेटिएको चिकित्सकले बताएका छन् ।