काठमाडौँ -गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने रुपन्देही जिल्ला अदालतको आदेश सदर भएको छ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार उनलाई थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको हो।
तर, रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने जिल्लाको आदेश भने बदर भएको छ ।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले यस्तो आदेश गरेसँगै अब रवि पुर्पक्षका लागि जेल चलान हुने भएका छन्।
जिल्लाको आदेशविरुद्ध रविले जिल्लाको आदेश बदरको माग गर्दै र छविले धरौटीमा रिहाइ गर्न माग गर्दै उच्चमा पुनरावेदन गरेका थिए ।
प्रतिक्रिया