काठमाडौं-प्रहरीले २०८१ चैत १५ गते राजावादीहरुको प्रदर्शनका क्रममा काठमाडौंको कोटेश्वरस्थित जडीबुटी उद्योगमा आगो लगाउने र जडिबुटी चोकको ट्राफिक लाइट फुटाउने ‘मुख्य व्यक्ति’लाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सीसीटीभी र भिडिओका आधारमा पहिचान गर्दै उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङ रहेका छन्। उनैले जडिबुटी उद्योगमा पनि आगो लगाएको भिडिओमा देखिएको छ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ।







प्रतिक्रिया