काठमाडौँ-चैत १५ गते राजावादी समूहको हिंसात्मक प्रदर्शनमा काठमाडौंको तीनकुनेमा घटनाका सम्बन्धमा अनुसन्धानका लागि प्रहरीले एनी कुँवरलाई प्रहरीले पक्राउ गरेको छ।
कुँवरलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो। कलाकार समेत रहेकी कुँवर पूर्वपत्रकार समेत हुन्।
२०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो।

‘पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो, बिना अनुमति कसैको घरमा पस्नु गलत हो,’ उहाँले भन्नुभयो।
उनी पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
१५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो, २० जनालाई प्रहरीको गोली लागेको थियो ।
यो प्रकरणमा राप्रपा नेता रवीन्द्र मिश्र, धवलशमशेर राणालगायत हिरासतमा छन् भने प्रसाईं फरार छन् ।
प्रतिक्रिया