अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीले आज मधेस प्रदेश सभालाई सम्बोधन गर्नुहुने

प्रधानमन्त्री ओलीले आज मधेस प्रदेश सभालाई सम्बोधन गर्नुहुने


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ।

मंगलबार बिहान ११:३० बजे बस्ने प्रदेश सभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने उहाँको सचिवालयले जनाएको छ।

मधेस प्रदेशसभा बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री आज बिहान साढे १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् जनकपुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जनकपुरमा पुगेको बेला प्रधानमन्त्री ओलीले मधेसका मुख्यमन्त्री, प्रदेश सभामुख, एमाले संसदीय दलका नेताहरुसँग संक्षिप्त भेटघाट गर्ने कार्यक्रममेत छ। 

 सम्बोधन पश्चात प्रधानमन्त्री ओली सोही दिन सिराहा प्रस्थान गर्ने कार्यक्रम रहेको छ। त्यहाँ उहाँले शहीद हेमनारायण यादवको शालिकमा माल्यार्पण गरेपछि सूर्यनारायण सत्यनारायण मौरवेत्ता यादव क्याम्पसको चौरमा हुने एमालेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रमसमेत छ।

आजै दिउँसो साढे ३ बजेपछि ओली सोही हेलिकोप्टरमार्फत् राजधानी फिर्ता हुने उनको सचिवालयले जनाएको छ।